नमस्ते
जापान चुकुबा अन्तर्राष्ट्रिय भाषा स्कुल

TLC भनेको के हो? जापान चुकुबा अन्तर्राष्ट्रिय भाषा स्कुल एक जापानी भाषाको विद्यालय हो।
हाम्रो मोटो ( उदेश्य ) " रमाईलो संग जापानी भाषा सिकौं अनि जापानलाई मन पराओस "भन्ने हो। अप्रिल 2018 मा खोलियको यस विद्यालय इबाराकी प्रान्तमा संस्था(स्कूल कर्पोरेशन)बाट स्थापना गरियको पहिलो जापानी भाषाको विद्यालय हो ।  स्कूल कर्पोरेशन भन्नाले जापान सरकार द्वारा मान्यता प्राप्त स्कूल हो। यसको अर्थ यो हो कि उच्च गुणस्तरको शिक्षा प्रदान गर्न को लागी न्याय मन्त्रालय द्वारा अधिसूचित जापानी भाषा शैक्षिक संस्था को रूप मा मान्यता प्राप्त संस्था हो ।
TLC कहाँ छ? ईबाराकी प्रिफेक्चरको चुकुबा शहर मा स्थित यस विद्यालय टोक्योबाट ट्रेनमा करिब 45 मिनेटको दुरीमा पर्दछ । चुकुबा शहर माउन्ट चुकुबाले घेरिएको हरियाली भूमि हो, र यस शहरलाई जापानी सरकारले 「शैक्षिक र अनुसन्धानको सहर」 को रूपमा विकास गरेको छ । राष्ट्रिय अनुसन्धान संस्थानहरू यहाँ केन्द्रित छन्, र विभिन्न देशका अनुसन्धानकर्ताहरूले कडा अध्ययन गरिरहेका छन्। यो शहरमा चुकुबा राष्ट्रिय विश्वविद्यालय पनि रहेको छ , जहाँ धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययन गरिरहेका छन्। अर्को शब्दमा भन्नुपर्दा, चुकुबा एक अन्तर्राष्ट्रिय शैक्षिक र अनुसन्धानको शहर हो जहाँ विभिन्न राष्ट्रका मानिसहरू सँगै बसोबास गर्दछ ।

चुकुबा शहर के हो?

चुकुबा शहरमा किन यति धेरै राष्ट्रिय अनुसन्धान संस्थानहरू रहेका छन् भन्ने कारणको पछाडि यस शहरको वातावरण नै मुख्य हो। माउन्ट चुकुबाबाट फैलिएको विस्तारित भूमि भूकम्पको दृष्टिकोणबाट पनि बलियो छ, र चुनामीको बारेमा चिन्ता लिनु पर्दैन। सफा आकाश र स्वोच्छा हावा अनि शान्त वातावरण छ । टोकियोभन्दा नजिक भए पनि विद्यार्थीको अपार्टमेन्टको भाडा टोकियोको करिब आधा जती छ। विगत देखी कृषि क्षेत्र पनि फस्टाउँदै आएको यस शहरमा , स्थानीय रूपमा उब्जाइएको तरकारी, माछा, फलफूल र चामल इत्यादी सस्तो र स्वादिष्ट खाद्यान्न पाइन्छ। साथै पसलहरु पनि सफा र स्टाइलिश छन् । तेसैले यस शहरमा तपाईले सोचेको आदर्श "जापानको जीवन" बिताउन सक्षम हुनुहुनेछ। तपाईको विदेशमा अध्ययनको लागि यो भन्दा राम्रो ठाउँ अरु हुने छैन !

पुरस्कार को व्यवस्था सम्बन्धी

स्कूलमा अध्यनरत हुँदा जापानी भाषा परिक्षा (JLPT) मा N4 भन्दा माथिको परिक्षाउत्तीर्ण गरेमा।
○N1 पास गरेमा 50,000 येन र प्रमाणपत्र
○N2 पास गरेमा 30,000 येन र प्रमाणपत्र
○N3 पास गरेमा 20,000 येन र प्रमाणपत्र
○N4 पास गरेमा 10,000 येन र प्रमाणपत्र
पूर्ण उपस्थिति पुरस्कार र लगनशीलताको लागि पुरस्कार (प्रमाणपत्र,पुरस्कार रकम)
○हरेक सेमेस्टरमा कक्षामा उपस्थिति 100% भएमा : 10,000 येन पुरस्कार र प्रमाणपत्र
○हरेक सेमेस्टरमा कक्षामा उपस्थिति 95% भन्दा बढी भएमा : 5,000 येन पुरस्कार र प्रमाणपत्र
स्कूलमा अध्यनरत हुँदा "उच्च दर्जाको राष्ट्रिय वा स्थानीय विश्वविद्यालय" को लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेहरू
○50,000 येन पुरस्कार र प्रमाणपत्र

विदेशमा बस्नेहरूका लागि भर्ना सम्बन्धी जानकारी

कोर्स (पाठ्यक्रम)

「2 बर्ष」अथवा 「1वर्ष 6 महिना 」बाट चयन गर्न सकिन्छ।

कोर्स (पाठ्यक्रम) भर्ना हुने महिना आवेदन अवधि भर्ना हुन सक्ने क्षमता कक्षा समय
「2 बर्ष」कोर्स (पाठ्यक्रम) अप्रिल अगस्ट 1 देखि अक्टोबर 15 सम्म 60 जना ◎कक्षाहरू हप्तामा 5 दिन, प्रति दिन 4 कक्षाहरू (प्रति कक्षा 45 मिनेट), 2 शिफ्टहरू
◎लेबल परीक्षण द्वारा कक्षा निर्धारण गरिनेछ
・बिहानको कक्षा (9:15~12:45)
・दिउँसोको कक्षा (13:35~17:05)
「1वर्ष 6 महिना 」कोर्स (पाठ्यक्रम) अक्टोबर मार्च 1 देखि मे 10 सम्म 40 जना
आवेदन को लागि योग्यता
①18 वर्ष माथिका व्यक्ति जसले विदेशमा 12 वर्षको नियमित विद्यालय शिक्षा पूरा गरेको वा ( पूरा गर्ने अपेक्षा गरिएको )।
②माध्यमिक शिक्षा पूरा गरेको व्यक्ति जसले बिदेशको विश्वविद्यालयमा प्रवेश गर्न योग्यता पाएको छ ।
③यस विद्यालयबाट माथि उल्लेखित (1) र (2) अनुसारको छ भन्ने मान्यता दिएको व्यक्ति ।
④हाम्रो विद्यालयको अन्तर्वार्तामा उत्तीर्ण भएका व्यक्ति |
⑤आवेदन दिनु अघि 150 घण्टा जापानी भाषाको अध्ययन पुरा गरेको अथवा JLPT N5 स्तर पास गरेको हुनुपर्ने।

अन्तर्वार्ताको बारेमा

  • SkypeSkype
  • ZoomZoom

पाठ्यक्रम र शुल्क

पाठ्यक्रम भुक्तानी प्रकार स्क्रीनिंग शुल्क प्रवेश शुल्क ट्यूशन फि अन्य जम्मा कुल शुल्क
2 वर्षे पाठ्यक्रम (अप्रिलमा भर्ना) पहिलो वर्ष (पूर्ण भुक्तानी) अप्रिलदेखि अर्को वर्षको मार्च सम्म 20,000येन छुट 600,000येन 45,000येन 665,000येन 665,000येन
पहिलो वर्ष (आंशिक भुक्तानी) अप्रिलदेखि सेप्टेम्बर सम्म 20,000येन 50,000 300,000येन 45,000येन 415,000येन 715,000येन
अक्टोबरदेखि अर्को वर्षको मार्च सम्म - - 300,000येन - 300,000येन
दोस्रो वर्ष अप्रिलदेखि सेप्टेम्बर सम्म - - 300,000येन 45,000येन 345,000येन 645,000येन
अक्टोबरदेखि अर्को वर्षको मार्च सम्म - - 300,000येन - 300,000येन
1 वर्ष 6 महिनाको पाठ्यक्रम (अक्टोबरमा भर्ना) पहिलो वर्ष (पूर्ण भुक्तानी) क्टोबरदेखि अर्को वर्षको सेप्टेम्बर सम्म 20,000येन छुट 600,000येन 45,000येन 665,000येन 665,000येन
पहिलो वर्ष (आंशिक भुक्तानी) अक्टोबरदेखि अर्को वर्षको मार्च सम्म 20,000येन 50,000 300,000येन 45,000येन 415,000येन 715,000येन
अप्रिलदेखि अर्को वर्षको सेप्टेम्बर सम्म - - 300,000येन - 300,000येन
दोस्रो वर्ष अक्टोबरदेखि अर्को वर्षको मार्च सम्म - - 300,000येन 22,500येन 322,500येन 322,500येन


※ हाम्रो स्कूल न्याय मन्त्रालय द्वारा सूचित जापानी भाषा शैक्षिक संस्थाको रूपमा जापान सरकार बाट मान्यता प्राप्त शैक्षिक संस्था(गक्कोऊ होउजिन) भएकोले उपभोग्य कर मिनाहा गरिएको छ | साथै यस्तो संस्थाको रूपमा संचालन भएको स्कूल भएको कारणले गर्दा अरु स्कूल भन्दा 10%~15% स्कूल फि सस्तो गरिएको छ।
※ ट्यूशन अर्ध-वार्षिक किस्तामा भुक्तान गर्न सकिन्छ। यद्यपि, यदि पहिलो वर्षको लागि शिक्षण शुल्क पूर्ण रूपमा भुक्तान गरिएको छ भने, 50,000 येनको प्रवेश शुल्क छुट दिइनेछ।

※ अन्य शुल्क / सुविधा शुल्क, उपकरण शुल्क, पाठ्यपुस्तक शुल्क, अतिरिक्त क्रियाकलाप शुल्क, स्वास्थ परिक्षण शुल्क, जापान आउनको लागि भिसा आवेदन शुल्क, अन्तर्राष्ट्रिय विद्यार्थी बीमा शुल्क |

आबेदन दिन इच्छुक व्यक्तिहरुले आवेदन फारम, स्नातक प्रमाणपत्र स्क्यान, ट्रान्सक्रिप्टको स्क्यान, र लिखित प्रतिज्ञा पत्र सहित info@tlc.ca.jp मा सम्पर्क गर्नुहोस्। कागजातहरूको विशलेषण गरेपछि, हामी तपाईंलाई अन्तर्वार्ताको मिति सूचित गर्नेछौं।
※ कृपया आवेदन फारम र प्रतिज्ञा पत्र निम्न अनुसार डाउनलोड गर्नुहोस्।

मुख्य शिक्षण सामग्रीका तस्बिरहरू

भर्ना प्रक्रिया

अप्रिलमा भर्नाको लागिअक्टोबरमा भर्नाको लागि

कागजात (डकुमेन्ट) स्क्रीनिंग र अन्तर्वार्ता अघिल्लो वर्षको अगस्ट ~ मार्च ~
आवेदन कागजातहरू (डकुमेन्ट) पेश गर्न अन्तिम म्याद अघिल्लो वर्षको मध्य अक्टोबर मध्य मे
अध्यागमन (इम्मिग्रेशन) मा आवेदन कागजातहरू (डकुमेन्ट) पेश गर्ने अघिल्लो वर्षको नोभेम्बरको अन्त्य जुनको सुरुमा
योग्यताको प्रमाणपत्र(COE) जारी गर्ने फेब्रुअरीको अन्त्य अगस्टको अन्त्य
भर्ना शुल्क र शिक्षण शुल्क भुक्तानीको लागि अन्तिम म्याद मार्च को 5 तिर सेप्टेम्बरको 5 तिर
योग्यताको प्रमाणपत्र (COE) पठाउने (पोस्ट गर्ने) भर्ना शुल्क र ट्यूशन शुल्क (फि) को भुक्तानी पुष्टि भएपछि भर्ना शुल्क र ट्यूशन शुल्क (फि) को भुक्तानी पुष्टि भएपछि
भिसाको लागि आवेदन दिने मार्चको 10 तिर सेप्टेम्बरको 10 तिर
भिसा जारी मार्चको 20 तिर सेप्टेम्बरको 20 को तिर
जापान आउने मार्चको अन्त्यदेखि अप्रिलको शुरुमा सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको शुरुमा
जापान आउँदा आवश्यक पर्ने कुराहरु
・राहदानी (पासपोर्ट) ・विद्यार्थी भिसा (भिसा) ・हवाई टिकट ・नियमित औषधि ・कपडा ・जापानी येन

तपाईले कति जापानी येन लिएर आउने भन्ने कुरा तपाई कुन प्रकारको छात्रावासमा बस्नुहुन्छ भन्ने कुरामा निर्भर गर्दछ। जापान आएपछि जिबनयापनको लागि आबस्यक सामग्रीहरुको खरिद इत्यादी र यो बाहेक पनि अरु केहि खर्चहरु को लागि जापानिज येनको आबस्यक हुन्छ।

विद्यार्थी छात्रावासको बारेमा

छात्रावास प्रवेश शुल्क 25,000 येन सामान खरिद शुल्क, सरसफाई शुल्क, मर्मत खर्चको लागि डिपोजिट, अग्नि बीमा शुल्क, घर जग्गा मध्यस्थ कम्पनिको शुल्क, आदि।
सामान प्रयोग शुल्क 25,000 येन फ्रिज, लुगा धुने मेसिन, माइक्रोवेभ ओभन, फोल्डिंग बेड, ग्यास चुलो, ओछ्यान सेट (यद्यपि, ओछ्यान सेट खरिद गर्नु हुन्छ)
ग्यारेन्टी रकम 35,000 येन ग्यारेन्टी रकम छात्रावास शुल्क निक्षेप हो। छात्रावास बाहिर सर्दा, कोठाको अवस्थामा कुनै समस्या नभएको खण्डमा हामी छात्रावास शुल्क, पानी बत्ति ग्याँस आदिको बिलहरू र कोठा सरसफाइ शुल्क तिरेर बाँकी रकम फिर्ता गर्नेछौं।
छात्रावास शुल्क प्रति महिना छात्रावास शुल्क प्रति महिना / एकल कोठा : 25,000 देखि 35,000 येन छात्रावास 6 महिनाको सम्झौता हुनेछ । छात्रावास शुल्क हरेक तीन महिनामा तिर्ने। विद्यालयले राष्ट्रियता, लिङ्ग आदि अनुसार कोठा तोक्ने छ।

※ चुकुबा शहर बस्नको लागि एक सहज र आरामदायक शहर हुनुको साथै बस्तुहरुको औसत मूल्य टोकियो भन्दा लगभग 10% कम छ।
※ छात्रावास शुल्क टोकियोको एउटा कोठाको भाडा भन्दा आधा बराबर छ। बिद्यार्थीलाई खर्चको बोझ कम गर्नको लागि हामी सस्तो कोठाहरू छात्रावासको रुपमा ब्यबस्था गरेका छौँ।

जापानमा बस्नेहरूको लागि भर्ना सम्बन्धी जानकारी

पाठ्यक्रम (कोर्ष)

प्राइभेट (निजी) क्लास 3,000 येन / (60 मिनेट) टिकट प्रणाली
ग्रुप क्लास 50,000 येन / महिना मासिक शिक्षण प्रणाली
उच्च शिक्षा हासिल गर्न तयारी गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू संगै अध्ययन गर्ने ।
कक्षा समय बिहानको कक्षा 9:15~12:45※सिट संख्याका कारण यो क्लास लिन नसक्ने पनि हुन सकिन्छ ।
※कक्षाहरू तपाईको जापानी भाषा स्तरले निर्धारण गरिनेछ । तपाईले कुन कक्षामा पढ्ने भनि रोज्न पाइने छैन ।
माग अनुसारको पाठ्यक्रम हामी तपाईको अनुरोध र बजेट अनुसार व्यवस्था गर्नेछौं। कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
〇अहिलेसम्मका उपलब्धिहरू

  • येओन्सुङ विश्वविद्यालय ग्रीष्मकालीन छोटो विशेष कार्यक्रम (कोरिया)
  • साना बच्चाहरु को लागि पाठ्यक्रम
  • JLPT तयारी कक्षा
  • जोडीमा सिकाइने पाठ्यक्रम
  • ग्रुपमा सिकाइने पाठ्यक्रम
  • वेब प्राइभेट (निजी) क्लास
  • साइटमा गएर पढाइने समूह कक्षा आदि।

योग्यता

नियम अनुसार तपाईं 18 वर्ष वा माथिको हुनुपर्दछ, तर हामी सल्लाह अनुसार विचार गर्न सकिने ।

पाठ्यक्रम र शुल्क

हामी पहिले परामर्श (काउन्सेलिन) गर्ने छौं र तपाईंको शैक्षिक योग्यता , पढ्न चाहेको पाठ्यक्रम, पढ्न चाहेको समय आदि बारे जानकारी लिने छौँ । आवश्यक भएमा लेबल परीक्षण गरिनेछ। साथै, पाठ्यक्रम तपाईंको भिसाको आधारमा फरक हुन सक्छ, त्यसैले कृपया पहिले हामीलाई फोन वा इमेल मार्फत सम्पर्क गर्नुहोस्।

ट्युसन फि आदि फर्काउने सम्बन्धी (फि आदि फर्काउने सम्बन्धी नियमहरू)
ट्यूशन फि र छात्रावास शुल्क एक पटक भुक्तान गरिसकेपछि फिर्ता गरिने छैन।
योग्यताको प्रमाणपत्र (COE) जारी गरिसकेपछि, निम्न अवस्थामा मात्र हामीले भुक्तानी रकमबाट स्क्रीनिङ शुल्क, प्रवेश शुल्क, रेमिटेन्स शुल्क, इत्यादि काटेर बाँकी रकम फिर्ता गर्नेछौं। यद्यपि, प्रवेश अनुमति पत्र (स्कुल भर्नाको प्रमाणपत्र) फिर्ता गरि , भिसा जारी नभएको प्रमाणका कागजातहरू र स्कुल फिको भुक्तानी (रेमिटेन्स) पुष्टि भएको कागजातहरूका साथमा पैसा फ़र्काइदिनको लागि अनुरोध पत्र पेश गरेको खण्डमा मात्र।
①जापानी दूतावास वा वाणिज्य दूतावासले भिसा जारी गर्न अस्वीकार गरेको खण्डमा।
②जापानमा प्रवेश निषेध गरिएको खण्डमा।
③भिसाको लागि आवेदन नगरी जापान अध्ययन नगर्ने निर्णय गरेको खण्डमा |
फोन मार्फत सोधपुछ को लागि 029-846-7811
स्कुल खुल्ने समय 9:00~18:00
विद्यालय बिदा हुने दिन शनिबार, आइतबार, र राष्ट्रिय बिदाहरू